कास्की कांग्रेसको चिन्तन : कस्तो बनाउने पोखरा

समाधान संवाददाता २०८२ वैशाख २१ गते १९:२५

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन गरेको छ । तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव संकलन गरेको हो ।

Advertisement

कास्की कांग्रेसले पहिलो पटक वडा कार्यसमितिका सभापतिसँग छलफल गरेको थियो । दोस्रो पटक आइतबार पार्टीका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसँग छलफल गरी सुझाव संकलन गरेको छ । सोमबार पर्यटन तथा उद्योग व्यवसायीसँग छलफल गरिनेछ ।

‘आवश्यकता बुझ्ने छौं,’ नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालले भने, ‘त्यसपछि तीन तहका सरकारसँग लबिङ गर्ने छौं । सुझावका आधारमा पोखरा र गाउँपालिकाको आवश्यकता पहिचान हुने र त्यसै अनुसार अगाडि बढ्ने तयारी छ ।’

सुझाव संकलनपछि पोखरामा आवश्यक भौतिक पूर्वाधार र जनताको प्रमुख आवश्यकता के छ त्यस बारेमा निष्कर्षसहित तीन तहका सरकारसँग लबिइङ गरिने कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया