वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालको निधन

पाेखरा । वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालको निधन भएको छ। उनी ७१ वर्षका थिए।
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत नेपालकाे मंगलबार दिउँसो निधन भएको अस्पताल स्रोतले जनाएको छ। केही दिनदेखि अस्पताल भर्ना गरिएका उनलाई सोमबार मात्रै आईसीयूमा सारिएको थियो। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित नेपाललाई पछिल्लाे चरणमा निमोनिया समेत देखिएको थियो।
प्रदीप नेपाल मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। त्यस्तै, २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उनले शिक्षा तथा खेलकुद मन्त्रालय सम्हालेका थिए।
पछिल्ला वर्षहरूमा भने उनी सक्रिय राजनीतिबाट टाढिएका थिए। उनी नेपाली साहित्य क्षेत्रमा पनि चर्चित थिए, जहाँ ‘सञ्जय थापा’ नामले परिचित थिए। उनका एक दर्जनभन्दा बढी उपन्यास प्रकाशित छन्।
एमाले नेता मदन भण्डारीको जीवन समेटिएको ‘बर्बरिक’ उपन्याससहित उनका ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरू’, ‘जननी जन्मभूमिश्च’, ‘फेवाको सुस्केरा’, ‘देउमाईको किनारमा’ लगायतका कृति प्रकाशित छन्।









कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया