पोखराको बिरौटामा श्रीमतीको हत्यापछि आत्महत्या

पोखरा ।
पोखरामा १७ का ऋषिराम बरालले वैशाख २३ गते घरमै श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेका छन् । बरालले कान्छि श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डिएसपी हरिबहादुर बस्नेतले बताए ।
श्रीमान÷श्रीमती अचेत अवस्थामा भेटेपछि प्रहरीले दुवै जनालाई उद्धार गरेर गण्डकी मेडिकल कलेज अस्पताल पु¥याएको थियो । अस्पताल पु¥याउने वित्तिकै ३७ वर्षीया देवी पराजुली र ५७ वर्षीय ऋषिराम बराललाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घरायसी झगडा परेपछि बरालले श्रीमतीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले छ ।
‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ । हत्या गर्नु ५ घन्टाअघि जेठी श्रीमतीसँगको फोटो फेसबुकमा हाल्नुभएको छैन । अर्थात् त्यसले पनि कान्ति श्रीमतिसँ झगडा भएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ । यो नितान्त घरायसी झगडा जस्तो देखिन्छ,’ प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।
तपाईको प्रतिक्रिया