वडाध्यक्ष पराजुलीले अधिकृतमाथि हातपात गरेपछि पोखरा महानगरमा काम ठप्प

पोखरा । प्रशासन महाशाखाका सातौं तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने वडाध्यक्षबाट हातपात भएपछि पोखरा महानगरका कर्मचारी आन्दोलनमा उत्रेका छन् । घटना मंगलबारको हो । पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
वडाअध्यक्ष पराजुलीले वैशाख २३ मंगलबार बिहान करिब पौने बजेतिर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा हातपात गरेका थिए । उक्त घटनालगत्तै कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

उनीहरुले भनेका छन् , ‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकमा क्रियाशिल कर्मचारी संगठनहरुको तर्फबाट घोर भत्र्सना गर्दछौं । उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घन्टा भित्र कानुन बमोजिम कारवाही गर्न ध्यानाकर्षण गर्दछौं, अन्यथा मिति २०८२ वैशाख २४ गते देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरु अगाडि बढाइने व्यहोरा समेत जानकारी गराउँदछौं ।’
कर्मचारीहरुकै आन्दोलनका कारण बुधबार पोखराका वडाहरुमा समेत काम प्रभावित भएको छ ।
स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले हिजै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए । उनीहरुकै अग्रसरतामा आन्दोलन भएको हो ।
आफ्नो वडामा कर्मचारी नभएकै कारण काम प्रभावित भएको भन्दै वडाध्यक्ष पराजुलीले सामाजिक सञ्जालमा समेत लेख्दै आएका थिए । कर्मचारी व्यवस्थापनकै विषयमा विवाद हुँदा पराजुलीले हातपात गरेका हुन् । पराजुलीले मंगलबार नै पोखराको सर्वेश्वर मार्गका एक व्यापारीमाथि पनि दुव्र्यवहार गरेका थिए ।
पोखरा महानगरका मेयर धनराज आचार्यले यसबारेमा बिहीबार छलफल हुने बताएका छन् ।










एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
फु गाउँको गोरेटो बाटो स्तरोन्नति
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया