कर्मचारी र व्यवसायी कुट्ने वडाध्यक्ष पराजुली पक्राउ

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले व्यवसायी माथि कुटपिट गरेपछि पक्राउ गरिएको डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए । पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको हो । ‘व्यवसायी माथि कुटपिट गरेपछि नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान गर्दैछौं,’ सुचना अधिकारीसमेत रहेका डिएसपी बस्नेतले भने ।
वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका प्रशासन महाशाखाका सातौं तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने हातपात गरेका थिए । पराजुलीले अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेका हुन् । पराजुलीले मंगलबार नै पोखराको सर्वेश्वर मार्गका लेखनाथ सुवेदीमाथि हातपात गरेका थिए । सुवेदीले प्रहरी कार्यालयमा उजुरीसमेत दिएका छन् । यद्यपि उनको जाहेरी दर्ता भए÷नभएको विषयमा डिएसपी बस्नेत बोल्न चाहेनन् ।








कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया