बहिरा महासंघ गण्डकीमा गंगादेवी घर्तीमगर

समाधान संवाददाता २०८२ वैशाख २४ गते १९:२२

पोखरा । राष्ट्रिय बहिरा महासंघ नेपाल गण्डकी प्रदेशको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष गंगादेवी घर्तीमगरको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

कार्यसमिति उपाध्यक्षमा कुलप्रसाद भट्टराई, सचिव सूर्यमोहन बराल, कोषाध्यक्ष किसान तामाङ छन् । समितिको सदस्यमा बासु थकाली, लीला पन्थी, मनोज थापा निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सीताराम ओझाले जानकारी दिए ।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका सचेतक नन्दप्रसाद न्यौपानेले अपांगाता भएको व्यक्तिहरुको हक हितको लागि प्रादेशिक ऐन जारी गर्न पहल गर्ने बताए । गण्डकी प्रदेश सभाका सदस्य सुनिता थापाले बहिरा अपांगता भएका व्यक्तिहरुको हक अधिकार, सशक्तीकरण र समावेशी समाज निर्माणमा ध्यान दिन आग्रह गरिन् ।

राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीले गण्डकी प्रदेश सरकारले विगत वर्षमा अपांगता भएका व्यक्तिको क्षेत्रमा खर्च गर्ने बजेट घटाएकोमा असहमति प्रकट गरे । उनले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्न र बजेट बढाउन माग गरे ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव ओझा, सुस्त श्रवण दृष्टिविहीन संघ नेपालका अध्यक्ष पुष्पराज रिमाल, स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङ, सिर्जना बहिरा माविका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद शर्मा, अधिवेशनका संयोजक किसान तामाङ लगायतले सांकेतिक भाषाको प्रवद्र्धन र सरकारी कार्यालयमा दोभाषे व्यवस्थापन गर्न माग गरे ।

Advertisement

तपाईको प्रतिक्रिया