सिरानचोकमा खानेपानी आयोजना, मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन

समाधान संवाददाता २०८२ वैशाख २५ गते १५:२७

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको सिरानचोक गाउँपालिका ६ मा असुराघारी बसेरीगाउँ खानेपानी आयोजना (आलेगाउँ, दमैगाउँ, ठूलोगाउँ, खनालगाउँ) बिहीबार उद्घाटन गरेका छन् ।

Advertisement

१ करोड ९३ लाख लगानीमा निर्माण भएको आयोजनाले २ सय ७० घरधुरी लाभान्वित भएका छन् । गोरखा जिल्लामा हाल सम्म एक घर एक धारा अन्तर्गत ३४ हजार ५७ धारा निर्माण भएको छ ।

अहिले प्रदेश सरकारले प्रदेशभरी अलपत्र परेका, लामो समयसम्म पनि सञ्चालन हुन नसकेका यस्ता योजना संख्या घटाउँदै सबै योजना सम्पन्न गर्ने लक्ष्य लिएर काम गरिरहेको मुख्यमन्त्रीले बताए ।

चालु आर्थिक वर्षमा गोरखामा २ सय ५२ वटा योजना सञ्चालनमा छन् । एउटै योजनामा हरेक वर्ष थोरै बजेट विनियोजन हुने र निर्माण पूरा गर्न वर्षाैं लाग्ने हुँदा खानेपानी योजना निर्माण सुरु भएर पनि पूरा हुन सकेका छैनन् ।

Advertisement

तपाईको प्रतिक्रिया