सिरानचोकमा खानेपानी आयोजना, मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन
समाधान संवाददाता
२०८२ वैशाख २५ गते १५:२७

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको सिरानचोक गाउँपालिका ६ मा असुराघारी बसेरीगाउँ खानेपानी आयोजना (आलेगाउँ, दमैगाउँ, ठूलोगाउँ, खनालगाउँ) बिहीबार उद्घाटन गरेका छन् ।
१ करोड ९३ लाख लगानीमा निर्माण भएको आयोजनाले २ सय ७० घरधुरी लाभान्वित भएका छन् । गोरखा जिल्लामा हाल सम्म एक घर एक धारा अन्तर्गत ३४ हजार ५७ धारा निर्माण भएको छ ।

अहिले प्रदेश सरकारले प्रदेशभरी अलपत्र परेका, लामो समयसम्म पनि सञ्चालन हुन नसकेका यस्ता योजना संख्या घटाउँदै सबै योजना सम्पन्न गर्ने लक्ष्य लिएर काम गरिरहेको मुख्यमन्त्रीले बताए ।
चालु आर्थिक वर्षमा गोरखामा २ सय ५२ वटा योजना सञ्चालनमा छन् । एउटै योजनामा हरेक वर्ष थोरै बजेट विनियोजन हुने र निर्माण पूरा गर्न वर्षाैं लाग्ने हुँदा खानेपानी योजना निर्माण सुरु भएर पनि पूरा हुन सकेका छैनन् ।

सम्बन्धित







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया