पोखराको लेबल्स क्लबमा छेवाङ लामा र द क्रिएटरको लाइभ प्रस्तुति हुने

पोखरा ।
पोखराको लेकसाइडस्थित लेबल्स क्लबमा शुक्रबार छेवाङ लामा र द क्रिएटरको लाइभ प्रस्तुति हुने भएको छ ।
पोखराको साँगीतिक माहोलमा नयाँ तरंग ल्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले पर्यटक, संगीतप्रेमीहरूलाई सांगीतिक मनोरञ्जन दिने अपेक्षा गरिएको छ। क्लबका सञ्चालक अमित रोकाले यस्तो प्रस्तुति पोखराको सांगीतिक क्षितिज फराकिलो बनाउने विश्वास व्यक्त गरे।
लोकप्रिय गीतहरू प्रस्तुत गर्दै आएका गायक छेवाङ लामा ऊर्जाशील प्रस्तुतिका कारण दर्शकमाझ विशेष स्थान बनाइसकेका छन्। उनले ब्यान्ड ‘द क्रिएटर’ सँगै पोखराली दर्शकलाई नयाँ अनुभव दिने तयारी गरेका छन्।
कार्यक्रममा टुबोर्ग र जेम्सन प्रायोजकका रुपमा सहभागी छन् भने स्काई लन्ज बार र ग्लोरी इन हस्पिटालिटी पार्टनरको रुपमा रहनेछन्। कार्यक्रम सञ्चालन गीता रानाले गर्नेछिन् ।
कार्यक्रम साँझ ७ बजेपछि सुरु हुने आयोजकले जानकारी दिएका छन्। टिकट क्लबमै वा सामाजिक सञ्जालमार्फत अग्रिम बुकिङ गर्न सकिनेछ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया