पोखराको लेबल्स क्लबमा छेवाङ लामा र द क्रिएटरको लाइभ प्रस्तुति हुने

पोखरा ।
पोखराको लेकसाइडस्थित लेबल्स क्लबमा शुक्रबार छेवाङ लामा र द क्रिएटरको लाइभ प्रस्तुति हुने भएको छ ।
पोखराको साँगीतिक माहोलमा नयाँ तरंग ल्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले पर्यटक, संगीतप्रेमीहरूलाई सांगीतिक मनोरञ्जन दिने अपेक्षा गरिएको छ। क्लबका सञ्चालक अमित रोकाले यस्तो प्रस्तुति पोखराको सांगीतिक क्षितिज फराकिलो बनाउने विश्वास व्यक्त गरे।
लोकप्रिय गीतहरू प्रस्तुत गर्दै आएका गायक छेवाङ लामा ऊर्जाशील प्रस्तुतिका कारण दर्शकमाझ विशेष स्थान बनाइसकेका छन्। उनले ब्यान्ड ‘द क्रिएटर’ सँगै पोखराली दर्शकलाई नयाँ अनुभव दिने तयारी गरेका छन्।
कार्यक्रममा टुबोर्ग र जेम्सन प्रायोजकका रुपमा सहभागी छन् भने स्काई लन्ज बार र ग्लोरी इन हस्पिटालिटी पार्टनरको रुपमा रहनेछन्। कार्यक्रम सञ्चालन गीता रानाले गर्नेछिन् ।
कार्यक्रम साँझ ७ बजेपछि सुरु हुने आयोजकले जानकारी दिएका छन्। टिकट क्लबमै वा सामाजिक सञ्जालमार्फत अग्रिम बुकिङ गर्न सकिनेछ।








रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
उत्पादनमा लगानी गर्दै अर्घौं कृषि सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया