फेवातालमा डुंगा पल्टिँदा ७ जना फसे, नेपाली सेना र सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

समाधान संवाददाता २०८२ वैशाख २५ गते १८:३४

पोखरा । फेवातालमा आएको एक्कासि हावाहुरीका कारण स्ट्याण्डिङ डबल प्याडल बोट पल्टिँदा तालको बीच भागमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार सकुशल उद्धार गरेको छ।

बोटिङ गरिरहेका बेला आएको हावाहुरीका कारण भारतका २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रविण दिक्षित, २४ वर्षीय श्याम प्रजापति तथा पोखराकै नन्दबहादुर गुरुङ तालमा फसेका थिए।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको टोली परिचालित गरिएको थियो।

Advertisement

उद्धारपछि नन्दबहादुर गुरुङको स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ। अन्य ६ जनाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Advertisement

तपाईको प्रतिक्रिया