पोखरामा रेभाम्प नेपाल गण्डकी संस्करण’ हुने

समाधान संवाददाता २०८२ वैशाख २६ गते ११:०१

पोखरा । स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले रेभाम्प नेपाल – गण्डकी संस्करण’ नामक विशेष कार्यक्रम वैशाख २७ गते शनिबार, पोखराको सभा गृहमा हुने भएको छ। पोखरा महानगरपालिका र व्यवसाय प्रवर्द्धन केन्द्रको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रम गण्डक प्रदेशको आर्थिक सशक्तीकरण र स्थानीयस्तरमा नवप्रवर्तनशील व्यवसायको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

Advertisement

‘स्थानीय अर्थतन्त्रलाई सशक्त बनाऔँ’ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा स्टार्टअप, साना तथा मझौला उद्यम (एसएमई) र स्थानीय व्यवसायहरूलाई एउटै साझा मञ्चमा ल्याइनेछ, जसबाट सहभागिहरूले आपसी सहकार्य, लगानी, प्रवर्द्धन र अनुभव आदानप्रदान गर्न सक्नेछन्।

कार्यक्रममा ३५ भन्दा बढी प्रदर्शनी कक्षहरू रहनेछन्, जहाँ स्थानीय उत्पादनहरू प्रदर्शित गरिनेछ। उक्त प्रदर्शनीमा १५०० भन्दा बढी आगन्तुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आगन्तुकहरूले विभिन्न उत्पादनहरूको अवलोकन गर्नुका साथै प्रत्यक्ष खरिदबिक्री गर्न सक्नेछन्। साथै, व्यवसायिक सञ्जाल विस्तार (नेटवर्किङ) गर्ने अवसर पनि प्रदान गरिनेछ।
कार्यक्रम अन्तर्गत विभिन्न व्यवसायिक तालिम र कार्यशाला सत्रहरू समेत सञ्चालन गरिने छन्, जसले सहभागी व्यवसायीहरूलाई नवीन ज्ञान, प्रविधि र सीप सिक्न सहयोग पुर्‍याउनेछ। थप रूपमा, डिजिटल माध्यममार्फत कार्यक्रमले २० लाखभन्दा बढी व्यक्तिहरूलाई पहुँच पुर्‍याउने लक्ष्य लिएको छ।

‘Revamp Nepal’ सन् २०२१ देखि सञ्चालनमा रहेको राष्ट्रिय कार्यक्रम हो, जसअन्तर्गत हालसम्म ६ संस्करण सम्पन्न भइसकेका छन्। ती संस्करणहरूमा ४०० भन्दा बढी व्यवसाय र ३०,००० भन्दा बढी सहभागीहरूले सक्रिय सहभागिता जनाइसकेका छन्।

गण्डक संस्करण यस कार्यक्रमको प्रदेशस्तरीय विस्तारको पहिलो चरण हो, जसले स्थानीय व्यवसायहरूलाई बजार, पुँजी पहुँच र समन्वयका नयाँ अवसरहरू उपलब्ध गराउने विश्वास लिइएको रेभाम्प नेपालका गण्डकी संयोजक आशिष लामिछानेले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया