पोखरा ४ मा २ सय ३० जनाको आँखा परीक्षण
समाधान संवाददाता
२०८२ वैशाख २७ गते ६:५१

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ ले आयोजना गरेको आँखा शिविरमा दुई सय ३० जनाको आँखा परीक्षण गरिएको छ ।
हिमालय आँखा अस्पताल र दृष्टि विशेषज्ञ संघ गण्डकी प्रदेशको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
दृष्टि विशेषज्ञ संघ गण्डकीका अध्यक्ष डा. लक्ष्मण तिमिल्सिना, प्राविधिक अनिश अधिकारी, सुनिता तिमिलिा, स्वस्तिका आले मगर र स्वस्तिका गिरीले सहभागीको आँखा परीक्षण गरेका कार्यक्रम संयोजक एवं वडा सदस्य पार्वती माकाजूले जानकारी दिइन् ।
शिविर उद्घाटन गर्दै कार्यबाहक वडाध्यक्ष विष्णुमाया परियारले वडावासीको स्वास्थ्य सम्बन्धमा वडा कार्यालय सचेत रहेको बताइन् ।
कार्यक्रमको सञ्चालन वडा कार्यालयका कर्मचारी मोनिका पौडेल र मनमाया राना मगरले गरेका थिए ।
कार्यक्रम पोेखरा ४ को शहरी स्वास्थ्य केन्द्रमा भएको थियो ।
सम्बन्धित









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया