२३० को आँखा जाँच

समाधान संवाददाता २०८२ वैशाख २७ गते १८:५०

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ४ ले आयोजना गरेको आँखा शिविरमा २ सय ३० जनाको आँखा परीक्षण गरिएको छ । हिमालय आँखा अस्पताल र दृष्टि विशेषज्ञ संघ गण्डकी प्रदेशको प्राविधिक सहयोगमा शिविर भएको हो ।

Advertisement


दृष्टि विशेषज्ञ संघ गण्डकी अध्यक्ष डा लक्ष्मण तिमिल्सिना, प्राविधिक अनिश अधिकारी, सुनिता तिमिलिा, स्वस्तिका आले मगर र स्वस्तिका गिरीले सहभागीको आँखा परीक्षण गरेको कार्यक्रम संयोजक एवं वडा सदस्य पार्वती माकाजूले जानकारी दिइन् ।


कार्यक्रममा कार्यबाहक वडाध्यक्ष विष्णुमाया परियारले वडावासीको स्वास्थ्य सम्बन्धमा वडा कार्यालय सचेत रहेको बताइन् । वडा कार्यालयका कर्मचारी मोनिका पौडेल र मनमाया राना मगरले पनि कार्यक्रममा बोलेका थिए ।

तपाईको प्रतिक्रिया