मोटरसाइकल दुर्घटनामा फूलबारीका देवेन्द्र बास्तोलाको निधन

समाधान संवाददाता २०८२ वैशाख २७ गते २२:४५

पोखरा ।

Advertisement

पोखराको फूलबारीका देवेन्द्र बास्तोलाको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।शनिबार तालवेंसीमा मोटरसाइकल दुर्घटनामा परेर ४६ वर्षे बास्तोलाको निधन भएको हो । 

पत्रकारिता, समाजसेवा र राजनीतिमा क्रियाशील बास्तोला गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट पोखरा ११ को वडाध्यक्षका उम्मेदवार हुन् । देवेन्द्रले घर छेवैको मनिपाल मेडिकल कलेजमा पनि काम गरेका थिए । 

देवेन्द्र  पोखराकै पिपल्स बचत तथा ऋण सहकारी संस्थाका सचिव हुन् ।  उनका आमा, श्रीमती र छोरा छन् । बाबुको केही महिना अघि निधन भएको थियो । 

उनको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया