शिक्षकलाई भाषा शिक्षणसम्बन्धी तालिम

पोखरा । विद्यार्थी र शिक्षक केन्द्रित विभिन्न कार्यक्रम गर्दै आएको नेपाली भाषा शिक्षक परिषद्,कास्की नेपालले आफ्नो नियमित कार्यक्रमअन्तर्गत विद्यालय तहका शिक्षकहरूलाई ध्यानमा राखेर नेपाली भाषा शिक्षणसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष सूर्यप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कास्की जिल्लाका संस्थागत र सामुदायिक विद्यालयका करिब २०० शिक्षकहरूको सहभागिता थियो । उक्त तालिमको प्रशिक्षकका रूपमा प्राडा रामनाथ ओझा, माधवशरण उपाध्याय, उप प्राडा बोधराज ढकाल, लोकचन्द्र खनाल, डोलराज अर्याल र डिल्लीराम अर्याल थिए ।
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख घनश्याम पौडेलले प्रमुख आतिथिको रूपमा बोल्दै परिषद्ले गरेको यस्तो कार्यको प्रशंसा गर्दै संस्थासँग जोडिएर सहकार्य गर्न आफू तयार रहेको बताए । परिषद्ले यस्ता कार्यक्रम गरिरहनु पर्ने र त्यसका लागि कुनै सहयोग चाहिएमा निर्धक्क निर्देशनालयमा आउन अनुरोध गरे। परिषद्का महासचिव शिवहरि सुवेदीले संयोजन र सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्याय विक्रम पौडेलले दिएको परिषद्का सचिव शशी शिशिर ढुङ्गानाले जानकारी दिए ।










इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया