कास्कीमा घरेलु हिंसामा पर्ने ३० देखि ४० वर्षसम्मका धेरै

समाधान संवाददाता २०८२ वैशाख २८ गते १२:०९

पोखरा ।

Advertisement

कास्की जिल्लामा घरेलु हिंसामा सबैभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका महिला परेकाे तथ्यांक सार्वजनिक भएकाे छ ।


पुस १७ गतेदेखि हालसम्म कुल ८८ जना पीडित महिलाहरूको विवरण हेर्दा ३० देखि ३९ वर्ष उमेर समूहका ५७ प्रतिशत अर्थात ३४ जना महिलाले घरेलु हिंसाको शिकार भएको जिल्ला प्रहरी कार्यालय कास्कीकाे तथ्यांकले देखाएकाे छ । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घरेलु हिंसाका घटनालाई विश्लेषण गर्दा याे उमेर समूहका महिला सबैभन्दा बढी पीडित भएकाे खुलेकाे छ । यस्तै, ६० देखि ६९ उमेर समूहका ४.८ प्रतिशत, ४० देखि ४९ उमेर समूहका १३ प्रतिशत र ५० देखि ५९ उमेर समूहका २५ प्रतिशत महिला घरेलु हिंसाबाट पीडित बनेका हुन् ।


सामाजिक, आर्थिक र पारिवारिक जिम्मेवारीले भरिएको यो उमेर समूह घरेलु हिंसाको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको यो उजुरीले देखाउँछ । अधिकांश महिलाले श्रीमानबाट मानसिक तथा शारीरिक यातना, आर्थिक नियन्त्रण, गालीगलौज, कुटपिट, र घरबाट निकाल्ने जस्ता हिंसा खेपेको उजुरीमा उल्लेख गरिएको छ । महिला अधिकारकर्मीहरूका अनुसार, ३० देखि ३९ वर्ष उमेर समूहका महिलाहरू प्रायः विवाहित हुन्छन्, उनीहरूमाथि घरेलु काम, सन्तानको हेरचाह, श्रीमान र सासूससुराको दबाब हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया