प्रजातान्त्रिक विचार समाजमा शिशुकला

समाधान संवाददाता २०८२ वैशाख २८ गते १८:०१

पोखरा ।
प्रजातान्त्रिक विचार समाज कास्कीको दशौं अधिवेशनबाट सर्वसम्मत रूपमा शिशुकला पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । समाजको उपाध्यक्षमा डा नारायण सिंह गुरुङ, सचिव डा विष्णुप्रसाद शर्मा तथा सहसचिवमा हिममाया पौडेल र कोषाध्यक्षमा पदमबन्धु पोखरेल चुनिए ।

Advertisement


समाजका सदस्यमा प्राडा यमबहादुर पौडेल क्षत्री, ई. सुरेन्द्र पाण्डे, शान्ता भुसाल, डा गणेश शर्मा, डा प्रेमराज पंगेनी, अधिवक्ता गीताकुमारी लामिछाने, गोविन्द रेग्मी, विश्वराज अधिकारी र रमेश थापा छन् ।


कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीसुरेन्द्रराज पाण्डेले प्रजातान्त्रिक विचार समाजले जनतालाई सुसूचित गराउने कार्यमा निरन्तर लागेकोमा धन्यवाद दिए । कार्यक्रममा मुख्य वक्ता प्राडा विपिन अधिकारीले समसामयिक सन्दर्भमा सरकार, जनता र राजनीतिक दलहरूले खेल्नुपर्ने भूमिकाका बारेमा प्रकाश पारे ।


गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले भ्रष्टाचार न्यूनीकरण र सुशासनको सम्बर्धन विषयमा विचारपत्र प्रस्तुत गरे । विचारपत्रमाथि प्रजातान्त्रिक विचार समाज गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले टिप्पणी गरे ।


सो अवसरमा निवर्तमान अध्यक्ष डा वीरबहादुर कार्कीले समाजले रचनात्मक, सिर्जनात्मक र सचेतनामूलक कार्य गर्न सफल भएको बताए । यसअघि सचिव भीम न्यौपानेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ज्योतिबाबु पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएका थिए ।

Advertisement


कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका निवर्तमान केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, वर्तमान केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले, केन्द्रीय सदस्य कमलामोहन वाग्ले र केन्द्रीय महासचिव डा वासुदेव भण्डारी, संस्थाका पूर्वअध्यक्ष प्राध्यापक पदमशरण रेग्मी, प्राध्यापक विष्णु पराजुली, डा. वासुदेव भण्डारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया