पोखरा विश्वविद्यालयमा अनलाइन नतिजा प्रणाली

पोखरा ।
पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आधिकारिक वेबसाइटमार्फत अनलाइन नतिजा हेर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ । अबदेखि विश्वविद्यालयका सबै संकाय तथा कार्यक्रमका विद्यार्थीले अनलाइनमार्फत परीक्षा नतिजा तथा ग्रेडसिट सजिलै हेर्न र प्रिन्ट गर्न सक्नेछन् ।
नयाँ प्रणालीमार्फत विद्यार्थीले https://exam.pu.edu.np:9094/ मा गएर आफ्नो युनिक आइडी वा अन्य आवश्यक विवरण प्रविष्ट गरी नतिजा प्राप्त गर्न सक्नेछन् । परीक्षा प्रणालीलाई क्रमिक रुपमा डिजिटल बनाउँदै लैजानु पोखरा विश्वविद्यालयको दीर्घकालीन योजना अन्तर्गतको यो एक महत्वपूर्ण कदम भएको विश्वविद्यालयले जनाएको छ ।
यस डिजिटल सेवाले परीक्षासम्बन्धी जानकारी लिनका लागि विद्यार्थीलाई परीक्षा शाखामा जानुपर्ने झन्झट हटाउँदै, परीक्षासम्बन्धी सेवा छरितो र प्रभावकारी सेवा दिने अपेक्षा गरिएको सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।
तपाईको प्रतिक्रिया