विन्ध्येश्वरीमा अभिभावक भेला
समाधान संवाददाता
२०८२ वैशाख ३० गते ११:४३

पोखरा ।
विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अभिभावक भेला तथा अभिभावक शिक्षा कार्यक्रम भएको छ ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक भक्तराज रसाइलीले अभिभावक शिक्षाबारे सहजीकरण गरेका थिए । कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई सहभागी छन् ।
प्राचार्य श्रेष्ठले कार्यक्रमको औचित्य प्रष्ट पार्नुका साथै अभिभावकले राखेका गुनासा तथा जिज्ञासाबारे सहजीकरण गरे । अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनबिच विविध विषयमा छलफल भएको छ । कार्यक्रमको सञ्चालन विद्यालय संयोजक माया क्षत्रीले गरेकी थिइन् ।
सम्बन्धित








जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया