आँबुखैरेनीमा लागु पदार्थ सेवन परीक्षण कार्यक्रम सुरु

समाधान संवाददाता २०८२ वैशाख ३० गते १७:२७

पोखरा । तनहुँको आँबुखैरेनीमा लागू पदार्थ सेवन परीक्षण कार्यक्रम सुरु गरिएको छ।
ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिका, वडा नं. ४ स्थित बेनिटारलाई परीक्षण केन्द्र बनाइएको छ।

गाउँपालिका र आँबुखैरेनी अस्पतालको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शुक्र चुमान रहेका थिए।
प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीसहित स्थानीय जनप्रतिनिधि, पत्रकार र बुद्धिजीवीको उपस्थिति थियो।

Advertisement

पृथ्वी राजमार्गमा हुने दुर्घटना न्यूनीकरण तथा यात्रु सुरक्षाका लागि परीक्षण सुरु गरिएको हो।
सार्वजनिक तथा निजी सवारी चालकलाई लक्षित गरी परीक्षण सञ्चालन हुनेछ।

प्रहरीले स्थानीयवासी, सवारी चालक र यात्रुहरूलाई सहयोग गर्न आग्रह गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया