स्याङ्जामा ‘समुदाय खोज तथा उद्धार’ कार्यक्रम

समाधान संवाददाता २०८२ वैशाख ३० गते १८:५४

स्याङ्जा । गण्डकी प्रदेश सरकारको वार्षिक कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङको सहकार्यमा सञ्चालन गरिएको “समुदाय खोज तथा उद्धार” कार्यक्रम मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ।

Advertisement

तीनदिने कार्यक्रमको समापनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि रहेका थिए। उक्त कार्यक्रममा स्थानीय समुदायका ३० जना सहभागीहरूलाई पहिरो, भूकम्प, डुबान आदिका बेला खोज तथा उद्धार कसरी गर्ने भन्ने विषयमा व्यावहारिक तालिम प्रदान गरिएको थियो।

कार्यक्रमको क्रममा विपद् प्रतिकार्यका विभिन्न नमूना अभ्यासहरू प्रदर्शन गरिएको थियो। सहभागीहरूलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्दै तीनदिने प्रशिक्षण पश्चात प्रमाणपत्र वितरण गरिएको छ। साथै, कार्यक्रममा सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई प्रशंसा-पत्रद्वारा सम्मान गरिएको छ।

मुख्यमन्त्री पाण्डेले आफ्नो मन्तव्यमा स्थानीय तहमा विपद् प्रतिकार्य क्षमताको विकासले भविष्यका सम्भावित जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुग्ने उल्लेख गर्दै यस्ता प्रशिक्षण र अभ्यासहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय जनप्रतिनिधि, पत्रकार, तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

Advertisement

तपाईको प्रतिक्रिया