अफगानमा ज्यान गुमाएका ११ ब्रिटिस गोर्खा सैनिकका पोट्रेट संग्रहालयमा

पोखरा । युद्धका क्रममा अफगानिस्तानमा ज्यान गुमाएका ११ ब्रिटिस गोर्खा सैनिकका पोट्रेट चित्र मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । यही आइतबार तिनै तस्बिरलाई पोखरास्थित गोर्खा स्मारक संग्रहालयमा राख्न अनावरण पनि गरिएको छ ।
बेलायतको विनचेस्टरस्थित गोर्खा संग्रहालयमा प्रदर्शनमा राखिएका ती चित्रहरुलाई भेटरन्स क्यान टोलीले नेपाल ल्याएको हो । चित्रकार तथा भूतपूर्व सैनिक केभिन विल्सले अफगानिस्तानमा मारिएका ४ सय ५७ बेलायती सेनाका अधिकृत र सैनिकको चित्र कोरेका थिए । गोर्खा ब्रिग्रेडले अफगानिस्तान द्वन्द्वमा १५ जना गुमाएको थियो । बेलायतबाट यिनै चित्रसहित चित्रकार केभिन पनि नेपाल आएका थिए । चित्र हस्तान्तरण कार्यक्रममा घुँडामुनिको भाग नभए पनि सन् २०२३ मा सगरमाथाको सफल आरोहण गरेका भूतपूर्व गोर्खा सैनिक हरिबुढा मगर पनि सहभागी थिए ।
चित्र हस्तान्तरण तथा अनावरण कार्यक्रममा नेपालस्थित बेलायती राजदूत रब फेन, भेटरन्स क्यानका सह संस्थापक ग्यारथ विलियम्स पनि सहभागी थिए । चार वर्षअघि आफूले अन्तिम बलिदान दिनेहरुलाई बिर्सिन नपरोस् भनेर चित्रहरु बनाउन सुरु गरेको चित्रकार केभिनले बताए । चित्रहरु परिवारका सदस्यसहित संग्रहालयलाई हस्तान्तरण गर्न पाउनु ठूलो सम्मानको विषय भएको उनले जनाए ।








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया