लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

पोखरा । ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’ का बारेमा गहिरो मन्थनका साथ लोमान्थाङ घोषणपत्र जारी गर्दै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५ सकिएको छ ।
वैशाख २७ गते काठमाडौंमा सुरु भएको सम्मेलन पोखरा, पर्वत, म्याग्दी, जोमसोम हुँदै लोमान्थाङमा पुगेर समापन भएको हो । लोकतन्त्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा र जलवायु संकटका लागि जुध्न सम्मेलनले सरोकारावालाको गम्भीर ध्यानाकर्षण गराएको छ ।
घोषणापत्रमा नेपालको संविधानद्वारा सुनिश्चित अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचना अधिकारको पूर्ण कार्यान्वयनमा जोड दिइएको छ । बढ्दो जनअसन्तोष, संघीयतालाई कमजोर तुल्याउने प्रयास र कुशासनजस्ता समस्याबाट लोकतन्त्रमाथि खतरा बढिरहेको सन्दर्भमा राजनीतिक दलहरू र नागरिक समाजबीच पारस्परिक सहकार्य र संवादलाई लोकतन्त्रको मजबुतीका लागि अपरिहार्य मानिएको छ ।
विश्वभर प्रेस स्वतन्त्रतामाथि भइरहेको आक्रमण, पत्रकारहरूमाथि हिंसा, धम्की र दण्डहीनता बढिरहेको भन्दै सम्मेलनले चिन्ता व्यक्त गरेको नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बताए । विशेष गरी अफगानिस्ताको गाजा लगायतका क्षेत्रमा सञ्चारकर्मीमाथि भएका हमलाको विरोध गर्दै पत्रकार सुरक्षाको सुनिश्चितताका लागि सम्मेलनले अन्तर्राष्ट्रिय ऐक्यबद्धता जनाएको छ ।
नेपालमा डिजिटल माध्यम नियन्त्रणको नाममा अभिव्यक्ति स्वतन्त्रताको खुम्च्याउन खोजिएकामा विरोध गर्दै सबै तहका सरकारलाई अनुकूल नीति निर्माण र पत्रकारहरूको अधिकारको संरक्षण गर्न आग्रह गरिएको छ ।
युनियनका महासचिव दिलीप पौडेलका अनुसार घोषणापत्रले जलवायु संकटलाई मानव अस्तित्व र लोकतन्त्रका लागि गम्भीर खतरा मानेको छ । जलवायु परिवर्तनबाट सूचनाको पहुँच, अभिव्यक्ति स्वतन्त्रता र वातावरणीय न्यायमा प्रत्यक्ष असर पर्ने भन्दै जानकारीमूलक समाज निर्माणमा प्रेसको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ । राजनीतिक दलहरूलाई जलवायु संकटलाई प्राथमिक एजेन्डा बनाउँदै ठोस नीति र कार्यक्रममार्फत सम्बोधन गर्न विशेष आग्रह गरिएको छ ।
घोषणापत्रमा हिमाली जिल्ला मुस्ताङको सांस्कृतिक, धार्मिक र पर्यटकीय सम्भावना उच्च रहेको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रतिकूल प्रभावसँग जुध्न विशेष ध्यान दिनुपर्ने उल्लेख छ । कोरला नाका सञ्चालन, कालीगण्डकी करिडोरको छिटो सम्पन्नता र मुक्तिनाथ–दमोदर कुण्ड–मानसरोवर मार्गमार्फत् धार्मिक पर्यटन प्रवद्र्धन गर्न संघीय सरकारलाई आह्वान गरिएको छ ।
सम्मेलनले मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र वातावरण संरक्षण एकअर्कासँग गासिएको विषय भएकाले संयुक्त प्रयास आवश्यक रहेको स्पष्ट पारेको छ ।
सहभागीहरूमध्ये धेरैले यो घोषणापत्रलाई ऐतिहासिक ठहर गर्दै पत्रकारिता, लोकतन्त्र र वातावरणबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरेका छन् ।
वैशाख २७ मा उपराष्ट्रपति रामसहाय यादवले काठमाडौंमा सम्मेदन उद्घाटन गरिएको थियो । दोस्रो दिन पोखरामा ३ विषयमा अलग अलग सेसन सञ्चालन गरिएको थियो । सम्मेलन अन्तर्गत ‘जलवायु संकट र पत्रकारिता’ शिर्षकमा पहिलो सत्रमा छलफल भएको थियो । दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल भएको थियो ।
टोलीले मंगलबार बिहान जोमसोमका स्थानीयसँग जलवायु संकटका बारेमा छलफल गरेको थियो । सम्मेलनमा अन्तर्राष्ट्रिय पत्रकार महासंघका प्रतिनिधिसहित देशभरका १ सय ४० भन्दा बढी पत्रकार सहभागी थिए । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले विभिन्न चुनौतीका बीच ऐतिहासिक सम्मेलन सफल भएको भन्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद् दिएका छन् ।









कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया