पोखराको रेस्टुरेन्टबाट ५ महिला उद्धार, मानव वेचविखनमा संलग्न ३ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सृजनाचोकमा रहेको ‘मनिका रेष्टुरेण्ट’मा अवैध यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा ५ जना महिलालाई उद्धार गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ती महिलाहरूलाई उद्धार गरी सुरक्षित आवास (सेफ हाउस) मा राखेको हो।
उक्त कारबाहीका क्रममा रेष्टुरेण्ट सञ्चालकसहित ३ जनालाई मानव वेचविखन तथा ओसारपसारसम्बन्धी अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेकामध्ये एक जना महिला रेष्टुरेण्ट सञ्चालक पदम लुङ्बा (४०), मकवानपुरको वकैया गाउँपालिका वडा नं. ४ स्थायी बासिन्दा हुन्। उनी हाल सृजनाचोकस्थित उक्त रेष्टुरेण्ट सञ्चालन गर्दै आएका थिए।
पक्राउ पर्ने अन्य दुईजनामा कास्कीको मालेपाटन निवासी तेजनारायण तिमिल्सिना (५१) र तनहुँ व्यास नगरपालिका वडा नं. ५ निवासी सलन गुरुङ (२१) छन्।
कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरूलाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसारपसारसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पीडित महिलाहरूलाई विभिन्न प्रलोभन देखाई यौन शोषणमा लगिएको आशंका गरिएको छ।
यस घटनाले पोखरामा बढ्दो यौनजन्य अपराध र मानव तस्करीप्रति प्रहरी सतर्क रहेको सन्देश दिएको छ। प्रहरीले मानव वेचविखनमा संलग्न अन्य व्यक्तिहरुको खोजी समेत तीव्र पारेको जनाएको छ।









लेकसिटी कलेजमा ‘कार्निभल’ को तयारी
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया