मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
समाधान संवाददाता
२०८२ वैशाख ३१ गते ११:१३

पोखरा ।
मरेको खसी काटेर बेचेको आरोपमा पोखराबाट दुई जनालाई जिल्ला प्रहरी कार्यलय कास्कीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय राम गुरुङ पक्राउ परेका हुन् ।
उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध कालो बजार तथा केही सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता हरि बस्नेतले बताए ।
प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको छ ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया