‘पुर्खाको थलो’ जेठ ३ गते पोखरामा प्रदर्शन हुने

पोखरा ।
‘पुर्खाको थलो’ चलचित्र जेठ ३ गते पोखरास्थित श्री कृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ। ओम प्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेकाे चलचित्र मुनाल फिल्म प्रालिको व्यानरमा बनेको हो । मुनाल फिल्म ब्यानरको निर्माण भएको यो आठौँ चलचित्र हो।
निर्देशक गुरुङले देश छाडेर बिदेसिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेका बेला, त्यसको भावनात्मक प्रभाव र आफ्नो पहिचानप्रतिको सम्झनालाई समेट्दै चलचित्र निर्माण गरेको बताएका छन् । निर्मात्री कुबिना गुरुङले चलचित्रले पुर्खा–प्रेम र थलोप्रतिको आत्मीय सम्बन्धलाई उजागर गर्ने दाबी गरेकी छिन् ।
निर्माणमा कुबिना गुरुङसँगै दिल घले, उत्तरबहादुर गुरुङ, खिमकुमारी गुरुङ र जोगमाया गुरुङ छन् । पिटर गुरुङ, खेमेन्द्र गुरुङ र जलन गुरुङले छायाँकनको काम सम्हालेका छन्। गणेशमान घले, लक्ष्मी गुरुङ, ओमप्रकाश गुरुङमा मुख्य भूमिकामा छन् । चलचित्रमा डिबी गुरुङ, लालशोभा गुरुङ, गणेश गुरुङ, सुस्मा गुरुङ, उत्तरबहादुर गुरुङ, कविता गुरुङ, अमिर गुरुङ, खिमकुमारी गुरुङ, राजेन्द्र अधिकारी, गमबहादुर गुरुङ, जोया गुरुङ, सुनदेवी गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।
गुरुङ चलचित्र उद्योगमा छोटो समयमै प्रभाव छोड्न सफल ओम प्रकाश गुरुङ लामो समयपछि पर्दामा देखिएका छन्। उनको यो चौँथो चलचित्र हो।
चलचित्रको प्रकाशन व्यवस्थापन सरोज गुरुङ, गोपी गुरुङ र यम गुरुङले गरेका छन्। भेषभूषा गोमा गुरुङले तयार गरेकी हुन् भने श्रृंगार राजकुमार गुरुङ र जय गुरुङको रहेको छ। पार्श्व संगीत बिनोद रसाइलीले दिएका छन्, र संगीत संयोजन गमबहादुर गुरुङ (गोरे) र बिनोद रसाइली नै ले गरेका हुन् । नृत्य निर्देशन नेत्रबहादुर गुरुङले गरेका छन् । ड्रोन छायाँकन सन्देश गुरुङ, सूर्य सुनुवार र पुष्कर थापाले सम्हालेका छन्।
निर्माण पक्षका अनुसार, नेपालमा प्रदर्शनपछि चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन पनि हुनेछ। जुन १ तारिख हङकङ र बेलायतमा, र जुलाई ६ तारिख जापानको योकोहामा शहरमा प्रदर्शन हुने जानकारी दिएकाे छ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया