इन्डिया बार शोमा फ्लेयर बार टेन्डरतर्फ नवीन धामी प्रथम
समाधान संवाददाता
२०८२ वैशाख ३१ गते १३:३२

पाेखरा ।
भारतको नयाँ दिल्लीस्थित नर्मन जे डब्ल्यू मेरियट, एयरोसिटीमा सम्पन्न ‘इन्डिया बार शो’ मा नेपालका नवीन धामी फ्लेयर बार टेन्डर विधामा प्रथम भएका छन्। उनी डढेलधुराका हुन्।
इन्डिया बारटेन्डर्स एकेडेमी गिल्डद्वारा आयोजित उक्त कार्यक्रममा अमेरिका, रुस, मेक्सिको, आयरल्यान्ड, श्रीलंका, इटाली, दुबईलगायत देशका प्रतिस्पर्धी सहभागी थिए।
नेपालबाट इलुजन बार टेन्डर समूहबाट दुई जना सहभागी भएका थिए। प्रशिक्षक सन्तोष आचार्य शर्माका अनुसार नवीन धामीसहित अन्य एक जना सो समूहबाट प्रतिस्पर्धामा उत्रेका थिए।
यस्तै, वर्ल्ड फ्लेयर एसोसिएसनका प्रशिक्षक रामप्रसाद गौतमले पनि दुई जना प्रतिस्पर्धी लिएर शोमा सहभागी गराएका थिए।
नेपालकै विवेक दुलालले अन्तर्राष्ट्रिय मिक्सोलोजी श्रेणीमा उपविजेता स्थान प्राप्त गरेका छन्। उनी भक्तपुरका हुन्।

सम्बन्धित








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया