पोखराको शान्ति स्तूप नजिक बस दुर्घटना, २८ घाइते, २ जना गम्भीर- अपडेट
समाधान संवाददाता
२०८२ वैशाख ३१ गते १४:०९

पोखरा ।
पोखरा २२ स्थित विश्व शान्ति स्तूपको नजिकै बुधबार दिउँसो नगरबस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । ग १ ख ३८ ८६ नम्बरको उक्त माइक्रोबस शान्ति स्तूपको पार्किङ स्थलभन्दा केही माथिको सडकमा पल्टिएको हो।
दुर्घटनामा २८ जना भरतीय जना यात्रु घाइते भएका छन् भने तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख शाेभा पाण्डेले जानकारी दिइन् । उनका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याइएकाे छ ।
दुर्घटनास्थलमा पोखराबाट एम्बुलेन्सहरू परिचालित भएका थिए । भारतीय पर्यटकले रिजर्भ गरेर लगेकाे बस अनियन्त्रित भएर पल्टिएकाे उनले जानकारी दिइन् ।
सम्बन्धित









लेकसिटी कलेजमा ‘कार्निभल’ को तयारी
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया