धवलागिरी आरोहणसँगै पदयात्राको परिचर्चा

समाधान संवाददाता २०८२ वैशाख ३१ गते १९:३९

पोखरा । धवलागिरि आरोहणको ६५ औँ दिवस अवसरमा मंगलबार पोखरामा धौलागिरि आरोहण र पदयात्राका बारेमा परिचर्चा गरिएको छ ।

Advertisement

ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजनामा धौलागिरि हिमाल पदयात्रा, समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले हिमालको प्रचार–प्रसार गरेर धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिएका । सहभागिले साहसिक पर्यटनका लागि धवलागिरि क्षेत्रको सम्भावना वारे चर्चा गरेका थिए ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीको समन्वयमा भएको कार्यक्रममा मन्त्रालयका सचिव इन्द्रप्रसाद बस्यालले गण्डकी प्रदेशमा हिमाल कै कारण पर्यटक भित्राउन सकिने प्रचुर सम्भावना रहेको बताए । सचिव बस्यालले आपसी समझदारीमा साहसिक पर्यटनलाई तिनै तहका सरकारले अगाड बढ्नुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड, गण्डकीका वरिष्ठ अधिकृत युवराज गुरुङले पवतीय पर्यटन नेपाल विश्वमा नेतृत्व गर्ने उद्योग रेहेको बताए । विदेशी मुद्रा आर्जन गर्ने माध्यका रुपमा यसलाई लैजानु पर्नेमा उनको जोड थियो ।

पर्यटनविद् समीर बरालले धवलागिरि क्षेत्रको पर्यटन विकासका अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । बरालले धवलागिरि क्षेत्रको पर्यटनबाट देशले ठुलो लाभ लिन सक्ने बताए । बरालले स्थानीयहरुको सहभागितामा पर्यटनलाई विकास गर्न सके प्रभावकारी हुने विचार राखेका थिए । साहसिक पर्वतारोहीको आकार्षक गन्तब्यका रुपमा प्रचारप्रसार गर्नुपर्ने उनको धारणा थियो ।

Advertisement

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हिमाल आरोहणका लागि पूर्वाधार बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । पहारीले सहकार्य गर्नुपर्ने निकायहरु आ–आफ्नो तालमा हिड्दा यहाँको पर्यटन प्रवद्धन प्रभावकारी हुन नसकेको बताए ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले हिमाल आरोहण दिवसलाई टानले निरन्तर रुपमा मनाउदै आएको जानकारी दिए । नेपालमा नेचर, कल्चर र एडभेन्चरको हो । यो मध्य पोखराले बेच्ने भनेको हिमाल नै हो । टानले नयाँ–नयाँ गन्तब्य खोजी गर्ने काम पनि गरिरहेको आचार्यले बताए ।

नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरुङले १ सय ३३ वटा हिमालहरु गण्डकी प्रदेशमा अभिलेखिकरण भएको जानकारी दिए । ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल मध्य ८ वटा नेपाल र ३ वटा गण्डकी प्रदेशमा पर्छन । तर हिमाल आरोण गर्नेको संख्या निकै कम रहेको भन्दै उनले यी हिमालहरु प्रवद्धन हुनुपर्ने बताए ।
टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले अन्नपूर्ण चक्रिय पदमार्ग मासिदै गएको र

यसको विकल्पमा धवलागिरि पदमार्गलाई विकास गर्न सकिने सम्भावना औल्याए ।
धवलागिरि हिमाल संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्छ । धवलागिरि हिमाल ८ हजार १६७ मिटर उचाइमा पहिलोपटक मानव पाइला पुगेको ६५ वर्ष पूरा भएको छ । सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त आरोहण दलको म्याक्स आइसेलिनको नेतृत्वमा धवलागिरि हिमालको सफल आरोहण गरिएको थियो । सोही दिनलाई धौलागिरी आरोहण दिवसका रुपमा मनाइदै आएको छ ।

तपाईको प्रतिक्रिया