गण्डकी प्रदेश सरकारले बर्खे अधिवेशन बोलाउन सिफारिस
समाधान संवाददाता
२०८२ वैशाख ३१ गते २१:०२

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले बर्खे अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष जेठ ११ गते दिउँसाेअ २ बजे अधिवेशन बोलाउन सिफारिस गरेको हो।
संविधानअनुसार प्रदेश सभाको अधिवेशन आह्वान गर्ने अधिकार प्रदेश प्रमुखलाई रहने भए पनि मन्त्रिपरिषदको सिफारिसमा मात्र अधिवेशन बोलाउन सकिने प्रावधान छ।
सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नका लागि बर्खे अधिवेशन बोलाउन सिफारिस गरेको जनाइएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया