नेपाली कांग्रेसका मोहन बस्नेतमाथि भ्रस्टाचारको मुद्दा लागेपछि सांसद पदबाट निलम्बित
समाधान संवाददाता
२०८२ जेठ १ गते १३:०९

पोखरा । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। बस्नेत सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन्।
मुद्दा दायर गरेसँगै बस्नेतको सांसद पद स्वत निलम्बन हुने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताएका छन् ।
‘भ्रष्टाचार मुद्दा चलेसँगै उहाँको पद स्वतस् निलम्बनमा जान्छ । अब अख्तियारले संसद सचिवालयलाई मुद्दा लगाएको पत्र पठाउँछ’, उनले भने, ‘उक्त पत्र प्राप्त भएपछि सभामुखले सम्भवतस् शुक्रबारको संसद् बैठकमा बस्नेतको सांसद पद निलम्बनमा परेको पत्र पढेर सुनाउनु हुन्छ ।’
सम्बन्धित









लेकसिटी कलेजमा ‘कार्निभल’ को तयारी
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया