बेपत्ता छानबिन आयोग सदस्यमा पोखराकी विनिता नियुक्त
समाधान संवाददाता
२०८२ जेठ १ गते १३:१५

पोखरा ।
बेपत्ता छानबिन आयोग सदस्यमा पोखराकी विनिता नेपाली नियुक्त भएकी छन् । बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गरेकाे हाे ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा महेश थापालाई अध्यक्ष नियुक्त भएका छन् भने बेपत्ता छानबिन आयोगकाे अध्यक्षमा लीलादेवी गड्तौला नियुक्त भएकी छन् ।
नेपाली अधिवक्ता हुन् । मन्त्रिपरिषद बैठकले दुई आयोगमा अध्यक्षहरू बाहेक थप चार–चार जना सदस्य पनि नियुक्त गरेको छ।
सत्य निरुपण आयोगका सदस्यहरूमा जाजरकोटका अच्युतप्रसाद भण्डारी, पाँचथरका डा. टीकाप्रसाद ढकाल, जुम्लाका पदमबहादुर शाही र कञ्चनपुरकी कुमारी कौशल्य ओझा छन्।
बेपत्ता छानबिन आयोगका सदस्यमा सल्यानका गोपालनाथ योगी, झापाका अग्निप्रसाद थपलिया र काठमाडौंकी सिर्जना पोखरेल छन्।
आयोगका पदाधिकारीहरूको तलब तथा भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह हुनेछ ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया