मदन भण्डारीको स्मृति दिवसमा पुस्तक विमोचन र परिचर्चा हुने
समाधान संवाददाता
२०८२ जेठ १ गते १७:००

मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२औं स्मृति दिवस मनाउने भएको छ।
सो अवसरमा फाउन्डेसनले प्रकाशन गरेको मार्गदर्शन भाग दुईको विमोचनसहित भाग एकको परिचर्चा कार्यक्रम आयोजना गरिएको अध्यक्ष माधव बास्तोलाले जानकारी दिए।
जेठ २ गते पोखराको साइमन पार्टी प्यालेसमा बिहान ११ बजे कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे।
परिचर्चा कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख उपस्थिति र सो पार्टीका उप-महासचिव एवं नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको विशेष उपस्थितिमा कार्यक्रम आयोजना हुने बास्तोलाले उल्लेख गरे।
सम्बन्धित







शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया