महालेखाको प्रतिवेदन

गण्डकीले पाउने राजश्व लुम्बिनीको खातामा, २३ लाख २० हजार फिर्ता होला त ?

समाधान संवाददाता २०८२ जेठ २ गते ६:२०
तस्बिर : प्रदेश प्रमुखको सचिवालय

पोखरा


गण्डकी प्रदेश सरकारको आम्दानी लुम्बिनी प्रदेश सरकारले पाउँदै आएको खुलासा भएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले गण्डकी प्रदेशको वन क्षेत्र प्रयोग गरेबापतको राजस्व लुम्बिनीले पाएको तथ्य खुलेको हो ।

Advertisement

नवलपुरको सर्दीमा अवस्थित होङ्सी सिमेन्ट कम्पनीले २०७५ सालदेखि उत्पादन गर्दै आएको छ। कम्पनीले नवलपुरमा पर्ने ५.१ हेक्टर वन क्षेत्र २९ वर्षका लागि भाडामा लिएको छ। सम्झौता अनुसार कम्पनीले वार्षिक ५ लाख ८० हजार रुपैयाँ बुझाउने व्यवस्था थियो।

प्रतिवेदनअनुसार उक्त रकम डिभिजन वन कार्यालय पाल्पामार्फत लुम्बिनी प्रदेश सरकारलाई बुझाइएको छ। यस कारण गण्डकी प्रदेशले पाउनुपर्ने रकम लुम्बिनीले पाउँदै आएको हो।

Advertisement

चार वर्षको अवधिमा गण्डकी प्रदेशले जम्मा २३ लाख २० हजार रुपैयाँ गुमाएको उल्लेख गर्दै प्रतिवेदनमा सो रकम फिर्ता गर्ने र यस्ता गल्ती नदोहोऱ्याउने स्पष्ट व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

“गण्डकी प्रदेशको वन क्षेत्र प्रयोग गरेबापत प्राप्त हुनुपर्ने रकम यकिन गरी विगत ४ वर्षको राजस्व समेत असुल गर्नुपर्छ,” प्रतिवेदनमा भनिएको छ।

तपाईको प्रतिक्रिया