१२ ताेला सुन र २४ ताेला चाँदीसहित पोखरामा ५ जना पक्राउ

पाेखरा ।
पोखरा महानगरपालिका को विभिन्न स्थानबाट चोरी भएको सुन र चाँदीका गरगहनासहित ५ जना पक्राउ परेका छन् ।
स्याङ्जा कोल्माकोट सुनचाँदी पसल, रामबजारका सञ्चालक दुर्गाबहादुर थापा, कट्टपा भन्ने सुवास विक, विमल विक, गणेश सुनार र सुरेश विक पक्राउ परेका हुन् । १२ ताेला ८ लाल सुन र २४ ताेला चाँदीका गहना गरगहना बरामद गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
उनीहरु विरुद्ध पोखराको विभिन्न स्थानबाट चोरी भएको ६९ लाख ३ हजार २ सय ६० रुपैयाँको जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ । अन्य केही जाहेरी आउने क्रम रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका सुवास विकले प्रयोग गर्ने ग २२ प ४९८९ नम्बरको मोटरसाइकल समेत चोरी गरेर प्रयोग गरेको प्रहरीले जनाएको छ । ग २१ प ६७५३ नम्बरको स्कुटर समेत चोरीको लागि प्रयोग गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले पोखराको ९ स्थान र तनहुँको ३ स्थानमा चोरी गरेको प्रारम्भिक बयान दिएका छन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया