जबजको सान्दर्भिकताबारे पोखरामा वैचारिक मन्थन

पोखरा ।
जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३२ औं स्मृति दिवसको सन्दर्भमा शुक्रबार मदन भण्डारी फाउण्डेशनले प्रकाशन गरेको पुस्तक मार्गदर्शन भाग २ को विमोचन र मार्गदर्शन भाग १ को परिचर्चा गरिएको छ ।
मदन भण्डारी फाउन्डेसन कास्कीले आयोजना गरेको कार्यक्रममा मार्गदर्शन भाग २को नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सदस्यहरु चूडामणि जंगली, इन्द्रलाल सापकोटा लगायतका नेताहरुले विमोचन गरे । मार्गदर्शन भाग १ को नीति तथा योजना आयोगका पूर्व सदस्य डा अञ्चला चौधरी र युवा विश्लेषक त्रिवेणी लगायतले परिचर्चा गरे ।
एमाले उपाध्यक्ष ज्ञवालीले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलीय जनवाद ‘जबज’ले नेपालका भौगोलिक विशेषता, भाषाभाषी जातजाति लगायतका विविधतालाई सम्बोधन गरेको बताए । नेता भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनका युगप्रवर्तक नेता भएको उल्लेख गर्दै उनले भण्डारीले जबजको नवीन विचारधाराको निर्माण गर्नुका साथै सिद्वान्त र व्यवहारको सन्तुलनमार्फत राजनीतिमा वैचारिक स्पष्टता ल्याउने काम गरेको जानकारी दिए ।
‘खुला प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरी जनमुखी कार्यक्रमलाई ध्यान दिने जबजको मुल मर्म हो, ‘उपाध्यक्ष ज्ञवालीले भने, ‘जबज नेपालको परिवेश र क्रान्तिको चरित्र सुहाउँदो भएकाले लागू गर्न सकिन्छ ।’ उनले जबजको १४ मुख्य विशेषता एमालेका नेता कार्यकताको लागि महत्वपूर्ण र दुरगामी महत्व राख्ने चर्चा गरे ।
उनले अहिले सबै राजनीतिक दल जबजलाई मार्गदर्शक मानेर अघि बढेको दाबी गरे । उनले नेपालमा कम्युनिस्ट पार्टी खुला समाज तथा बहुदलीय प्रतिस्पर्धालाई आधार मानेर राज्य सत्तामा पुगेर प्रगतिशील सुधारको काम गरेको जानकारी दिए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज कृष्ण थापाले जब राजनीति स्वार्थ, अवसरवाद र व्यक्तिवादमा केन्द्रीत हुन थालेको परिवेशमा मदन भण्डारीको आदर्श झनै सान्दर्भिक हुने बताए । नयाँ पुस्ताले मदनको विचारबाट शिक्षा लिनुपर्ने उल्लेख गर्दै उनले मदन जस्तै सिद्धान्तमा अडिक भएर व्यवहारमा प्रगतिशील बन्नु आजको आवश्यकता भएको चर्चा गरे ।
पार्टीका केन्द्रीय सदस्य ईन्द्रलाल सापकोटाले मदन भण्डारीले प्रतिपादन गरेको विचारले अहिले पनि समाज परिवर्तनको यात्रामा प्रेरणा दिएको बताए । मदनको आदर्श र शिक्षालाई जीवनमा उतार्न पर्ने चर्चा गर्दै उनले समतामूलक र न्याय संगत र लोकतान्त्रिक समाजवादको निर्माणमा लाग्नु नेता तथा कार्यकर्ताको दायित्व भएको उल्लेख गरे ।
उनले मदनले प्रतिपादन गरेको विचारधाराको स्मरण गर्दै वर्तमान सन्दर्भमा त्यसको सान्दर्भिकतालाई स्थापित गर्नु सबैको कर्तव्य भएको बताए । एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्वान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली जबजको मुख्य विशेषता भएको चर्चा गरे । उनले विश्वव्यापी रुपमा कम्युनिस्ट आन्दोलन रक्षात्मक ठाउँमा पुग्दा जवजले नेपालमा कम्युनिस्ट पार्टीलाई शीर्ष स्थानमा पुर्याएको दाबी गरे ।
मदन भण्डारी फाउन्डेसन कास्की अध्यक्ष माधव बास्तोलाले जननेता भण्डारीका दर्शन, विचार र योगदानलाई जनतासमक्ष पुर्याउने काम फाउन्डेसनले गरेको बताए । मदनले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको वहस पैरवीको काममा फाउन्डेसनले ध्यान दिएको उनले उल्लेख गरे । कार्यक्रममा मदन भण्डारी फाउन्डेसन कास्की सचिव सूर्य भण्डारी, अखिल नेपाल महिला संघ कास्की अध्यक्ष गीता विश्वकर्मा लगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा मदन भण्डारीको योगदानको चर्चा गरे ।







कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
योगेन्द्रलाई पुरस्कार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया