कास्की मोर्डनाइज्डमा स्वागत

पोखरा ।
पोखरा १४ चाउथेमा अवस्थित कास्की मोडनाइज्ड एकेडेमीले यस वर्ष विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत तथा सम्मान गरेको छ । एकेडेमीले प्रत्येक वर्ष नयाँ विद्यार्थी तथा शिक्षकलाई स्वागत तथा सम्मान गर्दै आएको छ ।
विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले कास्की मोर्डनाइज्ड शैक्षिक ल्याब भएको र यहाँबाट विद्यार्थीले धेरै क्षेत्रका धेरै कुरा सिक्न र शिक्षकले सिकाएर नतिजा निकाल्न सक्ने बताए । उनले आफ्नो शैक्षिक योजना ठूलो भएकाले त्यसलाई सम्पन्न गर्न विद्यालयमा विस्तार गर्दै जाने उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा नेपालीले विद्यार्थीलाई आवश्यक हरेक कुराको व्यवस्थापन गरिएको जनाउँदै सकेसम्म युगको माग अनुसार अगाडि बढ्नुपर्ने विचार राखिन् । विद्यालयका सहप्राचार्य शिवलाल उपाध्यायले नवप्रवेशी शिक्षक तथा विद्यार्थीलाई नयाँ महसुुुस नगरी आफ्नो कार्य क्षेत्रमा लाग्न आग्रह गरे ।
कार्यक्रममा शैक्षिक प्रमुख शिवु ढकाल, मिलन तिमिल्सिना, गंगा आले, कल्पना गुर्माछन, निर्मला पहारी लगायतले बोलेका थिए । कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन शिक्षक अनुराग अधिकारीको नेतृत्वमा विद्यार्थीहरुले गरेका थिए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया