३ सय ५० ज्येष्ठ कम्युनिस्टलाई एकसाथ सम्मान

पोखरा ।
नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका ३ सय ५० ज्येष्ठ कम्युनिस्टहरुलाई नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले शनिबार एक साथ सम्मान गरेको छ । ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनित सदस्यलाई खादा लगाएर सम्मानपत्र प्रदान गरेको अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।
वर्तमान परिस्थितिमा जनताको वहुदलीय जनवाद विषयक प्रवचन सहितको कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य खगराज अधिकारीले ज्येष्ठ कम्युनिस्टले बनाएको अवस्थामा जस्तै अहिले एमाले भएको दाबी गरे । ‘जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारीले नेपालका कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई उचाईमा पु¥याए,’उनले भने, ‘मदन भण्डारीको असल उत्तराधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओली हो ।’ उनले राष्ट्रियताको रक्षा र देशको समग्र विकासमा सरकारले ध्यान दिएको बताए ।
अधोगतिमा लागेको अर्थतन्त्रलाई सुधारको लागि प्रयास भएको उल्लेख गर्दै उनले सरकारले सडक पूर्वाधार, विमानस्थल लगायत गौरवयोग्य काम गरेको दाबी गरे ।
यसैबीच नेता तथा कार्यकर्ताको पठन संस्कृतिको विकास गर्न नेकपा (एमाले) पोखरा महानगर कमिटीले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जवज)को मुख्य विशेषता पढाएको छ । पोखरा महानगरपालिका–१६ खोलाखेतस्थित मदन –आश्रित पार्क सरसफाई, शालिकमा माल्यार्पणसँगै जवजको विशेषता वाचन कार्यक्रम गरिएको हो । कार्यक्रममा पार्टीका स्थायी कमिटीका सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले जवजको १४ विशेषताको विवेचनात्मक व्याख्या गरे । उनले जननेता भण्डारीको विचारलाई सबै नेता तथा कार्यकर्ताले अनुसरण गर्नपर्ने बताए । उनले नेपालमा कम्युनिस्ट पार्टी खुल्ला समाज तथा बहुदलीय प्रतिस्पर्धालाई आधार मानेर राज्य सत्तामा पुगेर प्रगतिशील सुधारको काम गरेको जानकारी दिए ।
एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष अधिकारीले पार्टी प्रतिबन्धको अवस्थामा अहिलेका ज्येष्ठ कम्युनिस्टहरु सेल्टरदाता भएको बताए । उनले अग्रजको योगदानलाई पार्टीले कहिल्यै नभुल्ने दाबी गरे ।
ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य गोविन्दकुमार श्रेष्ठले पार्टी निर्माणमा सक्दो सहयोग र योगदान गरेको जनाए । उनले एमालेका एकल बहुमतको सरकार बनाउने इच्छा जाहेर गरे । ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य कुलद्विप बरालले कहिल्यै विचलित नभएर पार्टीको काममा खटेको दाबी गरे । कार्यक्रममा एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा लगायतले कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी र जीवराज आश्रितको योगदानको बारेका बोलेका थिए ।
यसैगरी ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा मदन भण्डारी स्पोट्र्स एकेडेमी गण्डकी प्रदेश कमिटीले शनिबार निशुल्क आँखा शिविर गरेको छ ।










ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया