रत्नशोभा माविका विद्यार्थीको पुर्नमिलन

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २८ को माझठानामा रहेको रत्नशोभा माविका पूर्व विद्यार्थीहरुकाे पुर्नमिलन कार्यक्रम भएकाे छ ।
कास्कीको पर्यटकीय गाउँ ल्वाङमा रत्नशोभा माविमा विस २०५० सालका एसलसी ब्याज विद्यार्थीका बिच परिचयात्मक तथा भावी योजनाका बारेमा छलफल तथा सबै तहका विद्यार्थीलाई समेटेर भूपु विद्यार्थी मञ्चका गतिविधीलाई अगाडी बढाउने निर्णय गरिएको छ ।
रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेपनि विद्यालयको शौक्षिक विकासका लागि आ-आफनो ठाउँबाट सक्दो सहयोगका लागि भेलाले अनुरोध गरेको भेला आयोजक कमिटीका सदस्य ध्रुवराज आचार्यले जानकारी दिए ।
भेला आयोजक कमिटिका संयोजक रकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ब्यवस्थापन कमिटिका संयोजक दिनेस तिवारीले रत्नशोभा मावि पोखरा महानगरपालिका भित्र रहेर पनि ग्रामीण भेक नै भएकाले यस विद्यालयको भौतीक तथा शौक्षीक विकास लागि राज्य तहमा आवज उठाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सम्पर्कमा नआएका साथीहरुको खोजी गरि सबैलाई संगठित बनाउँदै अगाडी वढ्ने र आगामी दिनमा सबै विद्यार्थी मिलेर सामाजिक क्षेत्रमा देखिने खालको कार्यक्रम गर्ने निर्णय समेत गरेको भेला आयोजक कमिटिका सदस्य सनकमोहन तिवारीले जानकारी दिए ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया