शुक्ला साहित्य प्रतिष्ठानले कविता प्रतियोगिता गर्ने

समाधान संवाददाता २०८२ जेठ ४ गते १६:५५

पोखरा ।

Advertisement

मोफसलको सबैभन्दा पुरानो साहित्यीक संस्था शुक्ला साहित्य प्रतिष्ठान,पोखराको आयोजनामा सामुदायिक विद्यालय स्तरीय कविता प्रतियोगिता हुने भएको छ ।

पोखराका १६ र १९ नम्वर वडाका सामुदायिक विद्यालयका ८ वटा तथा  माछापुच्छ्रे गाउँ पालिका २ सार्दिखोलामा रहेको माछापुच्छ्रे मावि गरी ९ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रमका संयोजक पत्रकार यदुनाथ बन्जाराले बताए ।

जेठ ९ गते तल्लाकोटमा रहेको बिन्ध्येश्वरी माविमा हुने प्रतियोगितामा पोखरा १६ मा रहेको विन्ध्यवासिनी मावि बाटुलेचौर , इन्द्रराज्यलक्ष्मी मावि लामाचौर, अन्नपूर्ण आवि अर्मला, ज्ञानज्योती मावि छहरेपानी र शान्ती मावि जुम्लेटी यस्तै पोखरा १९ मा भारती भवन मावि पुरन्चौर , महेन्द्र मावि घार्मी, बिन्धेश्वरी मावि तल्लाकोट सहभागि हुनेछन् । खुल्ला कविता प्रतियोगितामा प्रत्येक विद्यालयबाट २/२ जना विद्यार्थीले सहभागिता जनाउन सक्ने गरी प्रबन्ध मिलाइएको  प्रतिष्ठान सचिव रामप्रसाद पौडेलले बताए ।

मोफसलमा रहेर साहित्य, कला र संस्कृतिको जगेर्ना र प्रबर्द्धनमा सकृय रहदै आएको शुक्ला साहित्य प्रतिष्ठानले साहित्यको विकास र उन्नयनमा सामुदायिक विद्यालयलाई  प्राथमिकतामा राखेको छ । साहित्यको बिकाश गर्न विद्यालयलाई जगको रुपमा लिइएको र साहित्य सम्बन्धी विभिन्न कार्यक्रमहरु आलोपालो गरिने नीति लिइएको प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले बताइन् ।

Advertisement

कविता प्रतियोगिता सम्पन्न गर्न यदुनाथ बन्जाराको सयोजकत्वमा लक्ष्मी देवकोटा र प्रकाश अधिकारी सदस्य रहेको समिती गठन गरिएको छ । साहित्य कला र धर्म सस्कृतिको प्रवर्द्धनका लागि स्थानिय र प्रदेश सरकारले बजेटको प्रबन्ध मिलाउन सकेमा देश र जनताले महसुस गर्ने गरि उपलब्धी दिन सकिनेमा दुई मत छैन ।

आगामी आबको बजेटमा बजेट विनियोजन गर्न दुबै तहको सरकारलाइ अनुरोध गर्ने प्रतिष्ठानका उपाध्यक्ष दिपेन्द्र बानियाँले बताए ।  प्रतिष्ठानले हरेक भाद्र कृष्ण जन्माष्टमीको दिन राष्ट्रिय स्तरको कृष्ण भजन प्रतियोगीता गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया