गरिबी निवारणका लागि सीपमूलक तालिम

पोखरा ।
पोखरा महानगरपालिकामा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तरगत विभिन्न सीपमूलक कार्यक्रमहरू प्रभावकारी बन्दै गइरहेका छन् ।
कार्यक्रम अन्तरगत पोखरा महानगरपालिकाको वडा नं.१७ बिरौटामा नयाँ उद्यमीहरूका लागि ३ महिने सिलाइकटाई र महतगौडामा बाँसको सजावटका सामग्रीहरू बनाउने १५ दिने तालिम सम्पन्न भएको गरिएको छ । सहभागीहरूलाई पोखरा महानगरपालिका वडा नं.१७ की वडाध्यक्ष राधिका कुमारीशाही योगी र महानगरपालिकाका अधिकृत अनिल कार्कीले प्रमाणपत्र वितरण गरे ।

यस्तै पोखरा महानगरपालिका वडा नं.३३ बाघमारामा लेडिज चप्पल बनाउने तालिम सुरु गरिएको छ । २० दिनसम्म सञ्चालन हुने तालिममा स्थानीय महिलाहरूको सहभागिता रहेको छ । कम आय भएका गृहिणी महिलाहरूलाई विभिन्न प्रकारका सीपमूलक तालिमहरू प्रदान गरी सञ्चालन गरिएका यस प्रकार कार्यक्रमहरू प्रभावकारी बन्दै गएका छन् ।
यसले उनीहरूमा आत्मनिर्भरता र सीप विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।










न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया