सम्मानित रोजगारीका लागि सीप अन्तर्गत प्लम्बिङ तालिम

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समिति र वालिङ उद्योग वाणिज्य संघको संयुक्त रुपमा प्लम्बिङसम्बन्धी १२ दिने (६० घण्टे ) क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेका छन् । हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित दिगो र सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाको दोस्रो सीप स्तरोन्नति तालिम कार्यक्रममा २० जनाको सहभागिता छ ।
तालिममा कमल गैर र सहायक प्रशिक्षक प्रकाश खनालले सहजीकरण गरेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यालय प्रमुख निशान खनालले जानकारी दिए । गण्डकी प्रदेश सभाका पुर्व सदस्य मोहन रेग्मीले तालिमको उद्घाटन गर्दै उद्यमशीलता विकास र स्वरोजगार बन्नका लागि तालिमले सहयोग पुग्ने बताए ।
कार्यक्रममा बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले श्रमिक र स्वरोजगार व्यवसायीको लागि समयसापेक्ष रुपमा सीपमूलक तालिम आवश्यक पर्ने उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष सञ्जीवबहादुर कोइराला, सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठी वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले तालिमको उपदेयताबारे बोलेका थिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया