ग्लोबल आइएमईको वार्षिकोत्सव

पोखरा ।
पोखराको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव मनाएको छ । ग्रामीण समुदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा समृद्ध सदस्य निर्माण गरी समग्र देशको अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन सहयोग गर्ने उद्देश्यले यसको स्थापना भएको थियो ।
सो अवसरमा संस्थाका शाखाहरु तथा केन्द्रीय कार्यालयले विविध कार्यक्रम गरेका छन् । वित्तीय संस्थाको केन्द्रीय कार्यालय विजयपुर, कास्कीले पोखरा २६ मा ‘वित्तीय साक्षरता, आजको आवश्यकता’ विषयक अन्तर माध्यामिक विधालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्यो ।
शाखा कार्यालय नौडाँडाले पोखरा महानगरपालिका २४ स्थित दोपहरे आमा समूहलाई सांस्कृतिक प्रवद्धनको लागि जिन्सी साम्रगी वितरण, शाखा कार्यालय मनकामना गोरखाले मनकामना मन्दिर परिसरमा सरसफाइ गरेका छन् । शाखा कार्यालय अमराई, अर्घाखाँचीले सुभोधिनी माविमा शैक्षिक सामग्री वितरण तथा शाखा कार्यालय महेन्द्रनगर धनुषाले क्षिरेश्वर स्कुलमा वक्तृत्वकला गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।
यो वित्तीय संस्थाले ५४ जिल्लामा १ सय २१ शाखा कार्यालयमार्फत करिब १ लाख ५९ हजार सदस्य तथा ६१ हजार ५ सय ऋणीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । २०८२ वैशाख मसान्तसम्ममा वित्तीय संस्थाले१० अर्ब ५ करोड कर्जा लगानी र ३ अर्ब ४५ करोड बचत परिचालन गरिरहेको छ ।
तपाईको प्रतिक्रिया