बाटो निर्माण ढिलाइसम्बन्धी मेयर आचार्यलाई ध्यानाकर्षण

गण्डकी ।
लेखनाथ उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका–२७, ३० र ३१ स्थित ताल्चोक क्षेत्रको बाटो निर्माण ढिलाइ भएको सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण गराएको छ ।
यहाँको करिब साढे तीन किलोमिटर दूरीमा बाटो निर्माण ढिलाइ भएकाले आवतजावतसँगै यहाँका पर्यटनमा नकारात्मक असर परेको भन्दै निर्माणलाई थीघ्रता दिनका लागि ध्यानाकर्षण गराइएको हो ।
संघका कार्यवाहक अध्यक्ष विक्रम कर्माचार्यको संयोजकत्वमा संघका पूर्वध्यक्ष बलराम ढकाल, संघका कार्यसमिति सदस्य एलपी ढुंगानालगायत टोलीले प्रमुख आचार्यसमक्ष तालचोक बेगनास ताल बाटोको ढिलासुस्तीबारे ध्यानाकर्षण गराएको हो ।
भेटमा महानगर प्रमुख आचार्यले वर्षात् सुरु हुनुभन्दा अघि एकतर्फी बाटो तुरुन्तै सञ्चालनमा ल्याउने गरी काम गर्न निर्माण व्यवसायी तथा इञ्जिनियरलाई आग्रह गरे ।
कार्यवाहक अध्यक्ष कर्माचार्यले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सडक पहिलो माध्यम बनेको भन्दै बर्खायाम अगाडि निर्माण सकेर बेगनास ताल क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जन वृद्धि गर्न अनुरोध गरे । लेखनाथ उद्योग वाणिज्य संघका पूर्वध्यक्ष बलराम ढकालले बेगनास तालको पर्यटकीय विकासमा सबैको सामूहिक प्रयास आवश्यक हुने बताए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया