नेकपा एसको पोखरा महानगर अधिवेशनको तयारी

पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महागरपालिकाको अधिवेशन जेठ १५ गते हुने भएको छ ।
नेकपा एस पोखरा महानगर कमिटीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी पहिलो अधिवेशन पोखरामा हुने जानकारी दिएको हो । पार्टी निर्माण, वैचारिक सुदुढिकरण सांगठनिक विस्तारका दृष्टिले यो अधिवेशन ऐतिहासिक र दिशानिर्देशक बन्ने नेकपा एस पोखरा महानगर कमिटीका अध्यक्ष प्रेम थापाले बताए । अधिवेशनको तयारी तिब्र पारिएको उनले सुनाए ।
अधिवेशनमा पोखरा महानगरका ३३ वटै वडाबाट प्रतिनिधि सहभागी हुने अध्यक्ष थापाले बताए । ‘पोखरा महानगरमा २५/२६ सय पार्टी सदस्यहरु हुनुहुन्छ त्यसैका आधारमा प्रतिनिधि टुंगो लाग्छ,’ उनले भने, ‘प्रत्येक वडाबाट ५/५ जनाका दरले सहभागी हुनुहुनेछ । त्यसमा आयोजक कमिटीको सदस्य हुने नै भयो ।’ उनका अनुसार प्रत्येक वडाबाट आएका १ सय ६५ सहित आयोजक ८० सहित २ सय ४५ प्रतिनिधि अधिवेशनमा सहभागी हुने प्रष्ट्याए ।
नेकपा एस पोखरा महानगर कमिटीले मंगलबार नै महानगरपालिकाका जनाताका माग र समस्या सम्बोधन गर्नका लागि र विकासका काममा ध्यानाकर्षण गराउँदै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई माग पत्र बुझाएको थियो । बजेट निर्माणका क्रममा जनचाहनाको विषयबस्तु नछुटुन भनेर ध्यानाकर्षण पत्र बुझाएको उनले सुनाए ।
संघीय, प्रदेश र स्थानीय सरकारलाई माग पत्र बुझाउने पार्टीको कार्यक्रम अन्तर्गत पोखरा महानगरमा पनि ध्यानाकर्षण गरिएको अध्यक्ष थापाले बताए । पोखरामा बुझाइएको पत्रमा विभिन्न ६३ वटा माग रहेका छन् ।









गुरुङ संस्कृतिका धरोहर इन्द्रबहादुरको देहावसान
लेकसाइडमा फुड, म्युजिक र कल्चरको उत्सव
सम्पादकीय—पोखराको ब्रान्ड ‘सडक महोत्सव’
रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया