शीतलादेवी माविमा चुनाव

पोखरा ।
पोखरा १२ शीतलादेवीमा अवस्थित शीतलादेवी सामुदायिक माविमा शैक्षिक सत्र २०८२ का लागि निर्वाचनबाट कप्तान र उपकप्तान चयन गरिएको छ । विद्यार्थीमा लोकतान्त्रिक मूल्य, मान्यता बढाउनुका साथै व्यवहारिक ज्ञान हाँसिल गराउने अभिप्रायले चुनाव गरिएको हो ।
निर्वाचनमा ४ सय २० जना विद्यार्थी मतदातका रुपमा सहभागी बने । विद्यालय क्याप्टेनमा हिमाल चिन्हका उम्मेदवार विपिन दर्जी २ सय ४५ मत प्राप्त गरी विजयी हुँदा उपकप्तानमा लालीगुरा“स चिन्हकी उम्मेदवार अञ्जली थापाले १ सय ९७ मत प्राप्त गरी चुनिइन् ।
निर्वाचनको परिणाम निर्वाचन अधिकृत एवं विद्यालयका शिक्षक आशीष थापा क्षेत्रीले घोषणा गरेका थिए । निर्वाचन समितिमा शिक्षकहरु अर्जुन भण्डारी, रामचन्द्र अधिकारी, खेमराज पौडेल, रोशन आचार्य, खेमराज रेग्मी र शिवलाल सुवेदी थिए । प्रधानाध्यापक बाबुराम अधिकारीले निर्वाचन प्रक्रियामाथि प्रकाश पार्दै निर्वाचितहरुलाई बधाई दिए ।








इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया