गोरखाको फिनाममा बसले किच्दा छोरीको मृत्यु, आमा घाइते
समाधान संवाददाता
२०८२ जेठ ७ गते १५:२४

पोखरा । गोरखा नगरपालिका-४ फिनाममा बसले किच्दा ४ वर्षकी सबिना सुर्खेतीको मृत्यु भएको छ भने उनकी आमा २२ वर्षकी विनीता सुर्खेती घाइते भएकी छन् ।
गोरखा बजारबाट कोखे आहालेतर्फ जाँदै गरेको ग२ख ९२९ नम्बर बस चढेर आएका उनीहरूलाई दिउँसो साढे १ बजे फिनामचोकमा ओर्लने क्रममा सोही बसले किचेको हो ।
सबिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विनीताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद बञ्जाडेले बताए ।
बस चालक भिमसेनथापा गाउँपालिका-४ धावाका विनोद लामिछाने प्रहरी नियन्त्रणमा छन् ।
सम्बन्धित









कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया