‘सामाजिक संघ, संस्था विकासका साझेदार’

पोखरा ।
बाल अधिकार, शिक्षा, कृषि, वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील संस्था श्रमिक बाल बालिकाहरुको लागि सामाजिक एकीकरण मञ्च (चिल्ड्रेन नेपाल)को बुधबार आर्थिक वर्ष २०८०/०८१ को सामाजिक लेखाजोखा कार्यक्रम भएको छ । संस्थाले गरेका गतिविधिको बारेमा सरोकारवालालाई जानकारी दिन तथा संस्थागत सुशासनका लागि कार्यक्रम गरेको संस्थाका अध्यक्ष शान्त पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले बालबालिकाको शिक्षा र महिलाको आय आर्जनको क्षेत्रमा संस्थाले प्रभावकारी काम गरेको बताइन् । ‘अर्गानिक खेतीका अलवा कृषिको प्रवद्र्धनमा संस्थाले राम्रो काम गरेको छ,’ उनले भनिन्, ‘कृषि क्षेत्रको व्यवसायिक करण र कृषिको उत्पादनलाई बढाउनको लागि सामाजिक संघ, संस्थाको अभियानमा प्रदेश सरकारको साथ सहयोग रहन्छ ।’
उनले लक्षित समूहको अपेक्षा पूरा गर्न कार्यक्षेत्र बढाउन सुझाव दिइन् । तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सामाजिक संघ, संस्था विकासको साझेदार भएकाले स्थानीय तहले समन्वय र सहकार्य गर्ने बताए । उनले संस्थाले स्थानीय सरकारसँग सहकार्य गर्दै बालमैत्री तथा अर्गानिक कृषि, वातावरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे ।
गैर सरकारी संस्था महासंघ कास्की उपाध्यक्ष सरोजनारायण बरालले सामाजिक संघ, संस्था दातृ निकायमा भरमा मात्र नपरी आन्तरिक स्रोत बढाएर आत्म निर्भर बन्नुपर्ने सुझाव दिए । संस्थाका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय बाल अधिकार परिषदका सदस्य भीमलाल गुरुङले संस्थाले लामो यात्रामा हाँसिल गरिएको अनुभव र सफलताका बारेमा प्रकाश पारे ।
संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले सरोकारवालासँगको साझेदारी, समन्वय र सहकार्यमा काम गरेको जानकारी दिए । सहजकर्ता दीपेन्द्र श्रेष्ठले बहुपक्षीय लक्षित समूह बनाएर काम गर्न र छात्रवृत्तिमा विविधिकरण गर्न सुझाव दिए । उनले संस्थाले सूर्यमुखी हस्तकला उद्योग, इको सेन्टर, कृषि उपज तालिम लगायतका आन्तरिक स्रोतबाट १ करोड २८ लाख ६६ हजार ७सय ४७ रुपयाँ जुटाएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव बेगम महर्जन, सहारा बाल आधारभूत विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी, संस्थाका सहसंयोजक रमेश सुवेदी लगायतले संस्थाका सबल र सुधार गर्नु पक्षका बारेमा बोलेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया