प्रगतिशील इन्जिनियरिङ संघको गण्डकी इन्चार्जमा प्रकाश न्यौपाने
समाधान संवाददाता
२०८२ जेठ ७ गते १९:४९

पोखरा ।
प्रगतिशील इन्जिनियरिङ संघ नेपाल गण्डकी प्रदेश इञ्चार्जमा प्रकाश न्यौपाने चयन भएका छन् ।
संघको केन्द्रीय पदाधिकारी बैठकले लमजुङको राइनास नगरपालिका–१ का न्यौपानेलाई सचिवालय सदस्यमा चयन गर्दै गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी दिएको हो ।
उनी गत चैत १२ र १३ गते सम्पन्न संघको १० औं केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनलाई मंगलबार सम्पन्न संघको केन्द्रीय पदाधिकारीको बैठकले जिम्मेवारी दिएको हो । पेसाले इन्जिनियर न्यौपाने लामो समयदेखि प्राविधिक क्षेत्रको संगठनात्मक विकास र समाजिक सेवामा क्रियाशील छन् ।
नेकपा एमाले लमजुङ जिल्ला कमिटी सदस्य न्यौपाने राइनासको विकास र समृद्धिको गतिविधिमा समेत क्रियाशील छन् ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया